DISH HOME

माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जबीच औपचारिक सम्झौता

काठमाडौँ। माछापुच्छ्रे बैंकले संयुक्त अरब इमिरेट्स स्थित जोयालुक्कास एक्सचेन्जसंग औपचारिक सम्झौता गरेको छ । बैंकले विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ उक्त सम्झौता गरेको हो ।

बैंकले यूएईमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ यूएई स्थित जोयालुक्कास एक्सचेन्जसंग सहकार्य गरि विधिवत रुपमा रेमिट्यान्स सेवाको शुरुवात गरेको हो । सम्झौतापत्रमा जोयालुक्कास एक्सचेन्जको तर्फबाट महाप्रबन्धक मरिश कुमार कर्ण रमाछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतापछि अब यूएईमा रहेका नेपालीहरुले यूएई स्थित जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट एमबिएल रेमिट गरि नेपाल पठाएको रकम सजिलैसँग बैंकका १६५ वटा शाखाहरु, शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिनेछ ।

साथै, जोयालुक्कास एक्सचेन्जबाट एमबिएल रेमिट गरि पठाइएको रेमिट्यान्स नेपालका जुनसुकै बैंकका खातामा तुरुन्त जम्मा हुने व्यवस्था पनि यस बैंकले मिलाएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै