काठमाडौँ। सिद्धार्थ बैंकले नेपाल राष्ट्र बैंकलाई नै चुनौती दिंदै गैरकानुनी रुपमा सीइओको तलव बढाएको पाइएको छ । राष्ट्र बैंकले केहि समय अगाडी अर्को व्यवस्था नभएसम्मका सीइओको तलव भत्ता नबढाउन निर्देशन दिएको थियो ।
तर, राष्ट्र बैंकको नियम नै अटेरी गर्दै सिद्धार्थ बैंकले सीइओको बेसिक तलव नै ३ लाख ५९ हजार ८ सय ८५ रुपैयाँले बढाएको छ । त्यस्तै, बैंकले काम सकिएको ३ बर्षसम्म पनि भुक्तानी गर्नुपर्ने रकम भुक्तानी नगरेर भेण्डरहरुलाई हदैसम्म दुख दिने गरेको पनि पाइएको छ । दर्जनौं पटक फलोअप गर्दा पनि बैंकले हदैसम्म गैरजिम्मेवार बनेर भेन्डरहरुको भुक्तानी रोक्ने गरेको पाइएको हो ।
यतिसम्मकि ३ बर्षसम्म पनि बैंकबाट सकिसकेको कामको भुक्तानी नपाएकाहरुसमेत भेटिएका छन् । बैंकले राष्ट्र बैंकले बैंकप्रति नियामक राष्ट्र बैंक निकै लचक भएको फाइदा उठाउँदै प्रचलित नियम नै उल्लङ्घन गरेर रिपोर्ट तयार पारी सोहिअनुरुप लाभांश वितरण गरिएको छ । पूँजीकोष अनुपातमा गम्भीर छेडखानी गरेर बैंकले हुँदै नभएको गलत तथ्यांक देखाएर लाभांश वितरण गरेको हो ।
यता सिद्धार्थ बैंकका हाकिमले स्वार्थको द्वन्द हुनेगरी बजार प्रवर्द्धनका नाममा गैरकानुनी काम गरिरहेको पनि खुलासा भएको छ । स्वार्थको द्वन्द हुनेगरी आफ्ना आफन्तसँग प्रत्यक्ष जोडिएका नातेदार नै संचालक रहेको कम्पनीलाई बिजनेश दिएर बैंकले स्वार्थपूर्ण काम गरिरहेको खुलासा भएको हो । साथै, बैंकमा चरम घोटाला भएको भन्दै साधारणसभामै लफडा भएको छ । सेयरधनीहरुले सीइओ र संचालक समितिको मिलेमतोमा करोडौं भ्रष्टाचार गरेको विषय उठाएपछि सभामै हङ्गामा भएको थियो ।
तर, बैंकका संचालकले केहि बोल्न नसकेपछि सो विषयमा जवाफ नै नदिएकोसमेत पाइएको छ।




