काठमाडौँ। सिद्धार्थ बैंकको प्रचारका नाममा गैरकानुनी काम गर्ने ब्लिज मिडियाका सोम श्रेष्ठले बैंकिङ संसार डटकमलाई समाचार हटाउन दबाब दिएका छन् । आफुले गल्ती गरेको भए पनि आफ्नो बोसले समाचार हटाउन भनेकोले समाचार हटाउन अन्यथा जे पनि हुन सक्ने भन्दै उनले धम्कीपूर्ण भाषामा दबाब दिएका हुन् ।
अहिले ब्लिज मिडियाविरुद्ध विज्ञापन बोर्डले अनुसन्धान गरिरहेको छ । साथै, सिद्धार्थ बैंकका सीइओले आफ्नो कार्यकाल थप्न संचालक समितिका सदस्यहरुसँग लविङ्ग गरिरहेको पाइएको छ । आफ्नो कार्यकाल सकिन लाग्दै गर्दा संचालकहरुले अर्को सीइओ खोज्न थालेपछि सीइओ यस्तो लविङ्गमा लागेको पाइएको हो । उनले बैंकबाट बार्षिक करोडौं तलब लिने गरेका छन् ।
यतिसम्मकि बैंकका सीइओ र नेपाल क्रिकेट एसोसिएसन क्यानलाई कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बैंक र क्यानका अधिकारी मिलेर प्रायोजन शुल्क लुकाएको, र जनताको पैसामा अपारदर्शी काम गरेको भन्दै दुई पक्षविरुद्ध उजुरी परेको पाइएको हो ।




