काठमाडौँ । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरणअनुसार बैंकको नाफा बढेको छ ।
बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ३०.७० प्रतिशतले बढेको छ । सो समयमा बैंकले कुल १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने बैंकले १ अर्ब १७ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ७.५० प्रतिशत, खुद फि तथा कमिशन आम्दानी २०.४८ प्रतिशत, बैंकको कुल सञ्चालन आम्दानी ८.९३ प्रतिशत र सञ्चालन मुनाफा ३०.५५ प्रतिशत बढेको छ ।
यता बैंकको नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि ५ रुपैयाँ १२ पैसाले बढेर २१ रुपैयाँ ८२ पैसा पुगेको छ भने बैंकको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ९५ पैसा रहेको छ।