prabhu

प्रभु बैंक र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबीच छुट सम्झौता

काठमाडौँ ।  प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं. ११, रानीपौवा स्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिबीच छुट सम्झौता भएको छ । बैंकले आफ्ना कर्मचारी तथा ग्राहकहरुलाई हस्पिटलमा उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।

सम्झौतापत्रमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिका तर्फबाट अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंकको तर्फबाट बैंकका प्रमुख व्यवसाय केन्द्र अधिकृत एन.बि.सि.ओ., राजु राना मगरले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिट-क्रेडीट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.मा उपलब्ध विभिन्न सेवाहरुमा १० प्रतिशत देखी २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । विशेष गरि, बैंकका कर्मचारी तथा ग्राहकहरुलाई अतिरिक्त हेरचाह प्रदान गर्ने योजना अन्तर्गत यो छुट उपलब्ध गराइएको हो ।

पोखरा महानगरपालिका वडा नं. ११, रानीपौवामा अवस्थित, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. ले उत्कृष्ट स्वास्थ्य सेवा र सुविधाहरु प्रदान गर्दै आएको छ । प्रभु बैंक लिमिटेड तथा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. विच भएको यो साझेदारीले बैंकका कर्मचारी, तथा प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुने विश्वास गरिएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै