काठमाडौँ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफामा गिरावट आएको छ । बैंकले गत आर्थिक वर्ष २०८१-८२ मा ३ अर्ब २ करोड नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा यो नाफा कम हो।
बैंकले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब २७ करोड नाफा आर्जन गरेको थियो । बैंकको नाफासँगै खुद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । बैंकको गत वर्ष खुद ब्याज आम्दानी १२.५६ प्रतिशत घटेर ४ अर्ब ४८ करोड ८४ करोड २५ लाख रुपैयाँ पुगेको छ ।
जबकी अघिल्लो वर्ष बैंकले ५ अर्ब १३ करोड ३२ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको वितरणयोग्य नाफामा पनि गिरावट आएको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ९९ करोड ३३ लाख २६ हजार रुपैयाँ रहेको छ ।
यता गत वर्षसम्म बैंकको चुक्ता पुँजी १० अर्ब ४ करोड २३ लाख ६८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ अर्ब ७५ करोड १७ लाख ७४ लाख रहेको छ।