prabhu

खुद ब्याज आम्दानीसँगै सपोर्ट लघुवित्तको नाफा दोब्बरभन्दा बढीले बढ्यो

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१-८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेको छ।

लघुवित्तले ५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो वर्षको २ करोड १२ लाख रुपैयाँ नाफाको तुलनामा १४०.६३ प्रतिशतले बढी हो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा वृद्धि भएपछि कम्पनीको कुल नाफामा ठूलो सुधार आएको हो। खुद ब्याज आम्दानी ६२.९७ प्रतिशतले  वृद्धि भएको छ भने अन्य सञ्चालन आम्दानी २७.५५ प्रतिशतले वृद्धि भएको छ।  यता कम्पनीको कुल सञ्चालन आम्दानी ५५.६८ प्रतिशत र सञ्चालन मुनाफा २०९.५९ प्रतिशतले वृद्धि भएको छ।

नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि २४ रुपैयाँ ४४ पैसाले बढेर ४१ रुपैयाँ ८१ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको मूल्य-आम्दानी अनुपात५५.२२ गुणा र प्रति शेयर नेटवर्थ १६९ रुपैयाँ ६२ पैसा रहेको छ।

हाल लघुवित्तको चुक्ता पूँजी १२ करोड २४ लाख रुपैयाँ छ भने जगेडा कोषमा ८ करोड ५२ लाख रुपैयाँ सञ्चित छ। बैंकले आर्थिक वर्षको अन्त्यसम्ममा ४६ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ३३ करोड ४९ लाख रुपैयाँ सापटी लिएर १ अर्ब ९२ करोड ९१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै