prabhu

डिशहोमको ‘खुशीको बोनस’: हरेक हप्ता १४ जना भाग्यशाली विजेताका लागि ३६५ दिन सित्तैमा इन्टरनेट

काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि एक विशेष योजना ‘खुशीको बोनस-३६५ दिन नै बोनस’ सार्वजनिक गरेको छ। यो अफर अन्तर्गत, वार्षिक नयाँ इन्टरनेट जडान वा रिचार्ज गर्ने ग्राहकहरू हरेक हप्ता हुने लक्की-ड्र मा सहभागी हुनेछन्, जसबाट कुल १४ जना भाग्यशाली विजेता छनोट गरिनेछन् ।

विजेतामध्ये १० जना नयाँ वार्षिक जडान गर्ने ग्राहक र ४ जना हालका वार्षिक रिचार्ज गर्ने ग्राहक हुनेछन्, जसले ३६५ दिनको इन्टरनेट बोनस जित्ने अवसर पाउनेछन् । डिशहोमले यो योजना ग्राहकहरूसँगको सम्बन्ध अझ बलियो बनाउन र उनीहरूको निरन्तर समर्थनप्रति कृतज्ञता प्रकट गर्न ल्याएको हो । विजेताको घोषणा हरेक हप्ता साँझ ५ बजे डिशहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडि च्यानलमा गरिनेछ ।

 जडान वा रिचार्ज गर्ने तरिका:
नयाँ जडानका लागि: नजिकको डिशहोम डिलर वा ०१-५९७०३६५ मा सम्पर्क गर्न सकिनेछ । रिचार्जका लागि: खल्ती, ईसेवा वा माईडिशहोम एप प्रयोग गर्न सकिनेछ ।
उपलब्ध वार्षिक प्याकेजहरू:
१०० एमबिपिएस- प्रति वर्ष रू. ८,५००/- (भ्याट सहित)
२०० एमबिपिएस- प्रति वर्ष रू. ११,५००/- (भ्याट सहित)
३०० एमबिपिएस- प्रति वर्ष रू. १३,५५० /- (भ्याट सहित)
नयाँ जडान को लागी थप रु.११३० /- (भ्याट सहित) लाग्नेछ ।

डिशहोम सधैं ग्राहकलाई उत्कृष्ट सेवा र थप मूल्य प्रदान गर्ने प्रतिबद्धतासाथ अघि बढ्दै आएको छ । ‘३६५ दिन बोनस’ योजना यसैको प्रमाण हो, जसले इन्टरनेट सेवाको मूल्य मात्र होइन, अनुभवलाई समेत समृद्ध बनाउनेछ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै