prabhu

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा जिल्ला ठोरी गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका वडा नं २ शान्तिचोक बस्ने ३७ वर्षीय कृष्ण कुमार श्रेष्ठ रहेका हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई साउन ६ गते शान्तिचोकबाट पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौँबाट २०८१ माघ १५ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई श्रेष्ठ फरार रहेका थिए।

उनलाई हाल थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वित्त सिंहदरबार पठाइएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै