काठमाडौं। विराटनगरको मेनरोडमा अवस्थित चर्चित कम्प्युटर तथा इलेक्ट्रोनिक उपकरण विक्रेता मेगाटेक सोलुसनको मुख्य पसलमा नबिल बैंकले शिलबन्दी गरेको छ । बैंकबाट लिएको कर्जा तिर्न नसकेपछि बैंकले बुधबार प्रहरीको रोहबरमा पसलसहित गोदाम र मर्मत कक्षमा तालाबन्दी गरेको हो ।
नबिल बैंकका अनुसार, मेगाटेकले कर्जा लिँदा पसल र गोदाममा रहेका मौज्दात तथा सामग्रीलाई धितो राखेको थियो । तर, तोकिएको समयमा सावाँब्याज तिर्न असफल भएपछि बैंकले कानुनी प्रक्रिया अनुसार शिलबन्दी गरेको हो ।
बैंकले गोदामसहित कम्पनीका एक संचालकको घरमा रहेको स्टोरमा पनि तालाबन्दी गरेको जनाएको छ। शिलबन्दीपछि मेगाटेकका संचालकहरू बैंकसँग सम्पर्कमा पुगेका छन् । ऋण भुक्तानी प्रक्रिया अघि बढेपछि शिलबन्दी हटाउन सकिने बैंकको भनाइ छ ।
देशका विभिन्न शहरमा शाखा विस्तार गरेको मेगाटेक सोलुसनले कम्प्युटर, इलेक्ट्रोनिक पार्ट्स, र ब्याट्री लगायतका सामग्रीको उत्पादन तथा बिक्री गर्दै आएको छ।