prabhu

सिन्धु विकास बैंकको नाफा २८७.६० प्रतिशतले बढ्यो, बैंकले कमायो ११ करोड ७८ लाख बढी नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौँ। सिन्धु विकास बैंकको नाफा बढेको छ। गत आर्थिक वर्ष २०८१-८२ मा बैंकको खुद नाफा २८७.६० प्रतिशतले बढेको हो ।

यस अवधीमा बैंकले ११ करोड ७८ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लोको सोही अवधीमा भने बैंकले ३ करोड ४ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

त्यस्तै, बैंकको खराब कर्जा १०.६३ प्रतिशतबाट घटेर ६.०३ प्रतिशतमा झरेको छ भने बैंकको खुद ब्याज आम्दानी ३०.१४ प्रतिशत घटेर १३ करोड ३७ लाख ५२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १९ करोड १४ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको कुल सञ्चालन आम्दानी ३०.४९ प्रतिशत घटेर १५ करोड ६ लाख ७६ हजार रुपैयाँ, सञ्चाल नाफा ४१७.३९ प्रतिशत बढेर १५ करोड ३५ लाख ६१ हजार रुपैयाँ, चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ र गेडा कोष ७ करोड ४१ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १५.६९ रुपैयाँ बढेर २१.१५ रुपैयाँ पुगेको छ भने बैंकको मूल्य आम्दानी अनुपात ४०.९९ गुणा र प्रतिसेयर नेटवर्थ ८६.७० रुपैयाँ रहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै