DISH HOME

‘चेक अनादर बैंकिङ अपराध हो, यसबाट बचौँ’- राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले चेक अनादर बैंकिङ कसुरसम्बन्धी अपराध रहेको जनाएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै चेक अनादर बैंकिङ कसुरसम्बन्धी अपराध रहेकाले यसबाट बच्न आग्रह गरेको हो।

आफ्नो खातामा रकम मौज्दात नभएको वा भए पनि भुक्तानीका लागि पर्याप्त नभएको अवस्थामा कसैलाई चेक जारी गर्न नहुने राष्ट्र बैंकले जनाएको छ।

यसरी जारी गरिएको चेक धारकले भुक्तानी माग्दा खातामा रकम नभएको कारण भुक्तानी नभएमा बैंक वा वित्तीय संस्था वा सहकारी बैंकले चेक जारी गर्ने व्यक्तिलाई आफ्नो खातामा रकम जम्मा गर्न बढिमा ४५ दिनको म्याद दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ। यस्तो छ राष्ट्र बैंकले जारी गरेको सूचना:

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै