DISH HOME

सांग्रिला डेभलपमेन्ट बैंकको ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक समूहका ३१ हजार २२७ कित्ता सेयर बिक्रीमा ल्याएको छ।

बैंकले जारी गरेको सूचनाअनुसार हालका लागि उक्त सेयरमा बैंकका संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने समयसीमा सूचना प्रकाशित भएको मितिबाट ३५ दिनको रहेको छ।

इच्छुक संस्थापक सेयरधनीहरूले बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन्।

यदि तोकिएको समयमा संस्थापक सेयरधनीहरूबाट आवेदन नआएमा ती सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्रीका लागि खुला गरिने बैंकले स्पष्ट पारेको छ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै