काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८२-८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफाबढेको छ। बैंकले कुल ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको यो नाफा ४६.६९ प्रतिशतले बढी हो ।
बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.८३ प्रतिशतले बढेर २ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ भने बैंकको वितरणयोग्य नाफा ३६ करोड ८३ लाख रुपैयाँबाट बढेर ४९ करोड २३ लाख रुपैयाँ पुगेको छ ।
यता बैंकको इम्पेयरमेन्ट चार्ज ३४ करोड ५४ लाख रुपैयाँबाट घटेर ९ करोड १३ लाखमा झरेको छ । त्यस्तै, गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ६ रुपैयाँ ७७ पैसाले बढेर २३ रुपैयाँ ८३ पैसा पुगेको छ । कुल चुक्ता पूँजी ३.७३ अर्ब रुपैयाँ रहेको बैंकको निक्षेप संकलन ५४ अर्ब ८६ करोड रुपैयाँबाट बढेर ५६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको कुल कर्जा प्रवाह ४५ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । समीक्षा अधिमा बैंकको निष्क्रिय कर्जा ५.५२ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको छ भने बैंकको सिडी रेसियो ८३.३७ प्रतिशत रहेको छ ।


