खातामा पैसा नहुँदा नहुँदै बैंकको जाली चेक दिने दीपक भट्टराई र इर्फान देवान पक्राउ, अब हुन्छ जेलको बास !

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा दुई जना पक्राउ परेका छन् । १५ लाख ४१ हजार जरिवाना तोकिएका दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा खोटाङका दीपक भट्टराई र सर्लाहीका इर्फान देवान रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा पेश गरिएको छ ।

प्रहरीका अनुसार भट्टराईलाई बैंकिङ्ग कसुर मुद्दामा १२ दिन कैद र १२ लाख ६१ हजार जरिवाना र देवानलाई बैंकिङ्ग कसुर मुद्दामा ५ दिन कैद र २ लाख ८० हजार जरिवाना तोकिएको थियो ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै