काठमाडौं । नेपाल बैंक लिमिटेड र स्लाभिका आई.भी.एफ. एण्ड रिसर्च सेन्टर प्रा.लि. बीच ग्राहक तथा कर्मचारीलाई लक्षित स्वास्थ्य सेवा छुट सम्बन्धी समझदारी भएको छ।
सम्झौताअनुसार बैंकका कर्मचारी तथा खातावाल ग्राहकहरूले काठमाडौं, सिनामंगलस्थित स्लाभिका आई.भी.एफ. सेन्टरमा उपचार गर्दा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन्। साथै Gynecology Consultation तथा IVF Specialist Consultation सेवामा १०० प्रतिशत छुट प्रदान गरिनेछ।
सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र स्लाभिका आई.भी.एफ. एण्ड रिसर्च सेन्टरका तर्फबाट अध्यक्ष अजयजंग कुँवरले हस्ताक्षर गरेका हुन्।
नेपाल बैंकले आफ्ना कर्मचारी र ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सुलभ बनाउने उद्देश्यले यस्तो सहकार्य अघि बढाएको जनाएको छ।