prabhu

हिमालयन बैंक र नागरिक लगानीकोषबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौँ। हिमालयन बैंक र नागरिक लगानीकोषबीच सेयर प्रत्याभूति सम्झौता भएको छ।  हिमालयन बैंक र नागरिक लगानी कोषले थप सार्वजनिक निष्काशन (एफपिओ) को प्रत्याभूति गर्नेगरि सम्झौता गरेका हुन्।

आइतबार उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै बैंकले जारी गर्ने ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपिओ सेयरको प्रत्याभूति कोषले गर्ने भएको छ । सम्झौता भएको मितिबाट तीन महिनासम्म अवधि कायम रहने जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै