भारतको सेन्ट्रल बैंक अफ इन्डिया बीमा क्षेत्रमा प्रवेश गर्दै, ४५१ करोड खर्च

काठमाडौँ। भारतको सेन्ट्रल बैंक अफ इन्डियाले बीमा क्षेत्रमा प्रवेश गर्दै फ्युचर जनराली इन्डिया इन्स्योरेन्स कम्पनी लिमिटेडमा २४.९१ प्रतिशत हिस्सा किनेको छ। यसका लागि बैंकले ४५१ करोड भारतीय रुपैयाँ (करिब ७२ अर्ब नेपाली रुपैयाँ) खर्च गरेको हो।

बैंकले यो हिस्सेदारी आर्थिक संकटमा परेको फ्युचर इन्टरप्राइजेज लिमिटेडबाट किनेको हो। जुन कम्पनी दिवालिया प्रक्रिया अन्तर्गत रहेको छ।

यो सम्झौता जुन ४, २०२५ मा सम्पन्न भएको हो। यस अधिग्रहणले सेन्ट्रल बैंक अफ इन्डियालाई बीमा क्षेत्रमा प्रवेश गराएको छ। जसले बैंकको सेवा दायरा विस्तार गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्