काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ९७ पैसा र बिक्री दर १३७ रुपैयाँ ५७ पैसा रहेको छ।
आज युरो एकको खरिद दर १५६ रुपैयाँ ४५ पैसा र बिक्री दर १५७ रुपैयाँ १३ पैसा रहेको छ । शुक्रबार बेलायती पाउण्डको खरिद दर १८५ रुपैयाँ ८७ पैसा र बिक्री दर १८६ रुपैयाँ ६८ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ५८ पैसा र बिक्री दर ३७ रुपैयाँ ७४ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: