PRABHU BANK

नेपाल लाइफ इन्स्योरेन्सले बोलायो २०औं वार्षिक साधारणसभा, यस्ता छन् पारित हुने विषयहरु

Nepal Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आगामी माघ २८ गते वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीले आफ्नो २०औं वार्षिक साधारणसभा सो दिन बिहान ९ बजे वीरगञ्जको होटल भिष्वामा गर्ने भएको छ । सभाले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको ३१ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश गरी कूल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई सभाले अनुमोदन गर्ने भएको हो ।
त्यस्तै सभाले कम्पनीको प्रतिसेयर मूल्य १ सय रुपैयाँलाई परिवर्तन गरी प्रति सेयर ५० रुपैयाँ कायम गर्ने कम्पनी सञ्चालक समितिको विशेष प्रस्तावलाई पनि पारित गर्ने भएको छ । सञ्चालक समितिको बैठकले कम्पनीको विद्यमान प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार कम्पनीको सेयर मूल्य १ सय रुपैयाँ रहेकोमा सो सेयर मूल्य सम्बन्धी व्यवस्थालाई परिवर्तन गरी प्रतिसेयर ५० रुपैयाँ कायम गर्ने प्रस्ताव गरेको हो । उक्त व्यवस्थालाई ‘स्टक स्प्लीट’ पनि भनिन्छ, जुन सम्बन्धित निकायबाट स्वीकृत भएपछि मात्र लागु हुने कम्पनीले जनाएको छ ।
त्यस्तै सभाले सर्वसाधारण सेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ ।सभामा जाने प्रयोजनको लागि कम्पनीले माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यससँगै माघ १३ गतेसम्म कायम सेयरधनीहरु कम्पनीको साधारण सभामा सहभागी हुन तथा कम्पनीले वितरण गर्ने लाभांश पाउन योग्य हुने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै