PRABHU BANK

कर्मचारीलाई अनुशासित भई संस्थाको हित हुने किसिमले काम गर्न गभर्नरको अनुरोध

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्मचारीहरुलाई अनुशासित भई संस्थाको हित हुने किसिमले काम गर्न अनुरोध गरेका छन् । बुधबार कृषि विकास बैंकको ५४औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै उनले कर्मचारीहरुलाई अनुशासित भएर काम गर्न अनुरोध गरेका हुन् ।
कार्यक्रममा कृषि विकास बैंकका कर्मचारीहरुहरुसँग सम्बन्धित युनियनका प्रतिनिधिहरुले आफुले बैंकबाट पाउनु पर्ने सेवा सुविधा नपाएको, बैंक व्यवस्थापनले कर्मचारीको वृद्धि विकासमा खासै वास्ता नगरेको गुनासो गरेपछि गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले कर्मचारीहरुलाई आफ्नो काममा निरन्तरता दिन पनि सुझाव दिएका छन् । कोरोना भाइरसले सबैलाई असर पुर्याएको यस्तो बेलामा सबैले समझदारी रुपमा काम गरेर व्यवस्थापनलाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।
बैंकका कर्मचारीका दुई युनियनका प्रनिधिहरुले आफुहरुले कोरोना महामारीमा पाउनु पर्ने जोखिम भत्ता, अन्य बोनस सुविधा नपाउको गुनासो गरेका थिए । उनीहरुले आफुहरुले पाउनु पर्ने सेवा सुविधा नपाए आन्दोलनमासमेत जान सक्ने चेतावनी बैंक व्यवस्थापनलाई गरेका थिए । त्यसको प्रतित्तोरमा गभर्नरले सो कुरा भनेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै