DISH HOME

सप्तकोशी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा लिम्बु नियुक्त

काठमाडौँ। सप्तकोशी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा टेक नन्द ईवा लिम्बु नियुक्त भएका छन् । बैंकको जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो।

यसअघि स्वतन्त्र सञ्चालकमा मनोज कुमार आचार्या नियुक्त भएका थिए। उनले आफ्नो व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएका थिए।

बैंक सञ्चालक समितिको जेठ १३ गते बसको बैठकले आचार्याले दिएको राजिनामा स्वीकृत गरेसँगै उक्त पदमा लिम्बु नियुक्त भएका हुन्।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै