prabhu

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ। बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका-४ बस्ने ४४ वर्षीय महेश्वर खत्री रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका-३ भेलुखेलबाट खत्रीलाई पक्राउ गरेको हो।

जिल्ला अदालत भक्तपुरको २०८१ मंसिर २६ गतेको फैसलाले ५ दिन कैद, ६ लाख रूपैयाँ जरिवाना र पीडित राहत कोषमा क्षतिपूर्ति बापत २४ हजार रूपैयाँ ठहर भई फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

खत्रीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै