prabhu

ऋणीहरुलाई ऋण तिर्न माछापुच्छ्रे बैंकले दियो समय, ३५ दिनभित्र ऋण नतिरे कालोसूचीमा राख्ने बैंकको चेतावनी !

काठमाडौँ। माछापुच्छ्रे बैंकले आफ्ना ऋणीहरुलाई ऋण तिर्न आग्रह गरेको छ । चाहिने बेला ऋण लग्ने तर पछि तिर्ने बेला नाक मुख नदेखाउने ऋणीहरुलाई बैंकले एक सूचना जारी गर्दै ३५ दिनभित्र बैंकको ऋण तिर्न आग्रह गरेको हो ।

पटकपटक ताकेता गर्दा पनि ऋण तिर्न नआएपछि बैंकले ऋणीहरुलाई ऋण तिर्न ३५ दिनको समय दिएको हो । सो समयमा पनि ऋण तिर्न नआउने ऋणीहरुलाई कालोसूचीमा राख्ने बैंकले चेतावनी दिएको छ ।

बैंकका अनुसार तोकीएको मितिभित्र बैंकबाट लागेको ऋणको सावाँ तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूलाई कानुनी कारवाही गरिनेछ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै