काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ११ हजार भन्दा बढी पुगेको पाइएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त कम्पनीहरुको शाखा संख्या ११ हजार पाँच सय १६ पुगेको हो ।
जसमध्ये वाणिज्य बैंकहरुको पाँच हजार ८३, विकास बैंकहरुको एक हजार एक सय ३२, फाइनान्स कम्पनीहरुको दुई सय ९१ र लघुवित्त कम्पनीहरुको पाँच हजार १० वटा शाखाहरु सञ्चालनमा छन् ।
राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको शाखा ११ हजार पाँच सय ३० पुगेको थियो। यस अवधीमा वाणिज्य बैंकहरूको शाखा ५ हजार ५६, विकास बैंकहरूको दुई सय ८८ र लघुवित्त वित्तीय संस्थाहरूको पाँच हजार ५१ वटा रहेको थियो।