PRABHU BANK

सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री खुला

काठमाडौं  । सप्तकोशी डेभलपमेन्ट बैंकले ४० हजार कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीका लागि खुला गरेको छ । आज चैत ३१ गतेबाट सुरु भएको यो लिलामीमा बैंकका हालका संस्थापक सेयरधनीहरूका साथै अन्य व्यक्ति, कम्पनी तथा संघ(संस्थाले समेत आवेदन दिन सक्नेछन् ।

लिलामीमा भाग लिन इच्छुक व्यक्तिहरूले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदन दिने अन्तिम म्याद आगामी वैशाख ८ गतेसम्म तोकिएको छ ।

सेयर खरिदका लागि इच्छुक व्यक्तिहरूले बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड, बाटुलेघर, डिल्लीबजार काठमाडौंमा आवेदन बुझाउनुपर्नेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै