काठमाडौँ। वाणिज्य बैंकले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। जसअनुसार केही बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेका छन् भने केही बैंकले घटाएका छन्।
हालसम्म प्राप्त १७ वटा वटा वाणिज्य बैंकको सूचनाअनुसार ७ वटा बैंकले ब्याजदर घटाएका छन् भने १० वटा स्थिर राखेका छन्।
असारका लागि व्यक्तिगत मुद्दति निक्षेपमा ब्याजदर घटाउनेमा लक्ष्मी सनराइज, एभरेष्ट, हिमालयन, एनआईसी एसिया, एनएमबि, प्राइम कमर्सियल र स्ट्यान्डर्ड चार्टर्ड रहेका छन्।
असारका लागि ब्याजदर घटाएर लक्ष्मी सनराइजले ४ प्रतिशत, एभरेष्टले ३.५० प्रतिशत, हिमालयनले ४ प्रतिशत, एनआईसी एसियाले ४ प्रतिशत, एनएमबिले एनएमबि ४.७५ प्रतिशत, प्राइम कमर्सियलले ४ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्डले ३.९५ प्रतिशत कायम गरेका छन्।
ब्याजदर स्थिर राख्नेमा कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, सिद्धार्थ, प्रभु, सिटिजन्स र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेका छन्।

