काठमाडौं । महालक्ष्मी विकास बैंकले १५ लाख १४ हजार २५ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ । चैत ३१ गतेदेखि सुरु भएको यस लिलामीमा बैंकका संस्थापक सेयरधनीहरूका साथै अन्य व्यक्ति, कम्पनी तथा संघ-संस्थाहरूले पनि आवेदन दिन सक्नेछन् ।
लिलामीमा सहभागी हुन चाहने आवेदकले न्यूनतम ११० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदन दिने अन्तिम म्याद वैशाख १४ गतेसम्म रहेको छ ।
इच्छुक आवेदकहरूले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल काठमाडौंमा आवेदन बुझाउनुपर्नेछ ।