बैंकको खर्चमा निजी सुविधा ! केही बैंकका सिइओले घरेलु काममा बैंककै कर्मचारी राखेर तलब खुवाएको खुलासा !

काठमाडौँ। कतिपय बैंकका सिइओहरुले आफ्नो निजी घरमा काम गर्ने कामदारको तलव पनि, सुविधाका रुपमा पाएको बैंककै कर्मचारी भनी बैंकबाटै खुवाएको खुलासा भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा कतिपय बैंकका सीईओको सम्झौतामा कानुनविपरित घरेलु कर्मचारी राखेको पाइएको हो ।

ती सिइओहरुले घरमा खाना पकाउने, लुगा धुने कर्मचारी पनि बैंककै खर्चमा राखेको र आफ्नो घर सुरक्षाका लागि गेट पाले पनि बैंककै खर्चमा राखेको खुलासा भएको हो ।

कतिपय बैंकहरुले सीइओलाई बीचमै निकाल्नुपर्ने क्षतिपूर्ति दिनुपर्ने जस्ता अचम्मका बुँदा राखेर सीइओसँग सम्झौता गरेको पनि पाइएको छ ।

सिइओको पारिश्रमिकसम्बन्धी मार्गदर्शनमा कहीं कतै यस्तो व्यवस्था नभए पनि बैंकले सीइओको आग्रहमा यस्तो गैरकानुनी सम्झौता गरेको खुलासा भएको हो ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै