PRABHU BANK

डुब्ने खतरामा ग्लोबल आइएमई बैंक, एक हप्तामै १० अर्ब बढी झिकियो, दर्जनौँ शाखा बन्द हुँदै !

काठमाडौँ । ग्लोबल आइएमई बैंक डुब्ने खतरा बढेको छ । पाथिभरा क्षेत्रमा केबलकार निर्माण गर्ने विषयमा विवाद चर्किंदा स्थानीयले ‘ग्लोबल आइएमई बैंक’ बहिष्कार अभियान चलाएपछि बैंक डुब्ने खतरा बढेको हो ।

आन्दोलनरत पक्षले बैंकविरुद्धको अभियान मात्र चलाएका छैनन्, बरु धमाधम बैंकमा भएका खाता बन्द गर्दै निक्षेप निकाल्न थालेका छन् ।

केबलकार विवाद चर्किएपछि आन्दोलनरत पक्षले बैंकविरुद्धको अभियान चलाएपछि पछिल्लो एक हप्तामै बैंकबाट १० अर्ब बढी रकम झिकिएको छ । बैंकका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार बैंकबाट पैसा झिक्ने क्रम अझै जारी छ । यही स्थिति रहे बैंकलाई ठूलो धक्का लाग्ने ती अधिकारीको भनाई छ ।

अर्कोतर्फ आन्दोलनरत पक्षले बैंकविरुद्धको अभियान चलाएपछि बैंकका धेरैजसो शाखाहरु बिजनेशविहीन भएका छन् । ती शाखाहरुमा कर्मचारीको काम बिहान आउने, अफिस खोल्ने, गफ गर्ने र साँझ फर्किने मात्रै भएको छ । अवस्था यही रहे र अवश्य पहल नचले दर्जनौँ शाखा बन्द हुने अवस्थामा देखिएको स्वयम् बैंकका कर्मचारीहरु बताउँछन् ।

ढकाल नेतृत्वको आइएमई ग्रुपले पाथिभरा क्षेत्रमा केबलकार बनाउने लागेको हो । तर, स्थानीयले भने केबलकार बनाउन नहुने भन्दै र सम्झौता खारेज गर्नुपर्ने माग गर्दै विरोध गरिरहेका छन् । यसैबीच आन्दोलनरत पक्षले ढकाल अध्यक्ष रहेको ग्लोबल आइएमई बैंकमा खाता बन्द गर्ने अभियान नै चलाएका छन् ।

यता उक्त विषयमा बुझ्न बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई सम्पर्क गर्न खोजे पनि उनी भने सम्पर्कमा आएका छैनन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै