prabhu

नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा सबैभन्दा उच्च

काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा सबैभन्दा उच्च रहेको पाइएको छ । १३ बैंक तथा वित्तीय संस्थामध्ये नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा सबैभन्दा उच्च ३४.८१ प्रतिशत रहेको पाइएको हो ।

हाल विकास बैंक र वित्त कम्पनीहरूको मात्र खराब कर्जा उच्च दरमा रहेको पहिलो त्रैमासको वित्तीय विवरणले देखाएको छ ।

नारायणी डेभलपमेन्ट बैंकसँगै जानकी फाइनान्सको खराब कर्जा पनि सबैभन्दा धेरै छ । फाइनान्सको खराब कर्जा ३४.६४ प्रतिशत रहेको छ। त्यस्तै, समृद्धि फाइनान्सको खराब कर्जा २३.४७ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको १४।७७ प्रतिशत, पोखरा फाइनान्सको १४.४४ प्रतिशत, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको १३.५६ प्रतिशत  रहेको छ।

यता,एक्सेल डेभलपमेन्टको ११.७३ प्रतिशत, सिन्धु विकास बैंकको ११.२९ प्रतिशत, नेपाल फाइनान्सको १०.३६ प्रतिशत, सेन्ट्रल फाइनान्सको ८.७१ प्रतिशत, रिलायन्स फाइनान्सको ८.५८ प्रतिशत, प्रोग्रेशिभ फाइनान्सको ७.४७ प्रतिशत र कर्णाली डेभलपमेन्ट बैंकको ७.२७ प्रतिशत खराब कर्जा रहेको  ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै