PRABHU BANK

मेरोमाइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपति नियुक्त

काठमाडौँ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कल्याण बिक्रम पाण्डे र सञ्चालकमा सुमन मुलेपति नियुक्त भएका छन् । मंसिर ६ गते बसेको संस्थाको १६३औँ सञ्चालक समितिको बैठकले उनीहरूलाई उक्त पदमा नियुक्त गरेको हो ।

संस्थाका नवनियुक्त अध्यक्ष पाण्डेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।

त्यस्तै, यसअघि पाण्डे पनि संस्थाको संस्थापक (प्रतिनिधि: ग्लोबल आइएमई बैंक) समुहको तर्फबाट विगत ५ वर्षदेखि निरन्तर रुपमा सञ्चालक समितिमा रहेर काम गरिसकेका व्यक्ति हुन् ।

सोही बैठकले सुमन मुलेपतीलाई पनि सञ्चालकमा नियुक्ति गरेको छ । उनी संस्थापक सेयरधनी सिटिजन बैंक इन्टरनेसनल लिमिटेडको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् । सञ्चालक मुलेपती सो बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै