PRABHU BANK

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ‘नयाँ भुक्तानी प्रवाहमा उत्कृष्टता’ अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ‘नयाँ भुक्तानी प्रवाहमा उत्कृष्टता’ अवार्डबाट सम्मानित भएको छ । बैंक भिसा इन्टरनेसनलद्वारा आयोजित ‘लिडरसिप कन्क्लेभ नेपाल २०२४’ मा ‘नयाँ भुक्तानी प्रवाहमा उत्कृष्टता’ अवार्डबाट सम्मानित भएको हो ।

काठमाडौंमा आयोजना भएको ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२४’ कार्यक्रममा एनआईएमबी सम्मानित भएको हो ।

विगत ४ दशक देखि ग्राहकवर्गलाई गुणस्तर सेवा दिदैँ आएको एनआईएमबीले आगामी दिनहरूमा पनि ग्राहकवर्गलाई आधुनिक डिजिटल माध्यममा थप सेवा तथा सुविधा दिने प्रतिबद्धता जनाएको छ ।

हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै