रसुवा बाढी: नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीहरु सम्पर्कविहीन, हेलिकप्टरबाट खोजी कार्य जारी !

काठमाडौँ । रसुवामा आएको बाढीपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीहरु सम्पर्कविहीन भएका छन् । बाढीले बैंकको शाखा नै बगाएपछि उनीहरु पनि सम्पर्कविहीन भएका हुन् ।
बैंकका अनुसार उनीहरुको खोजी कार्य जारी छ । बैंकले हेलिकप्टर नै पठाएर उनीहरुको खोजी गरिरहेको छ । बुधबार दिनभर खोज्दा पनि कर्मचारीहरु नभेटिएपछि बिहीबार पनि उनीहरुको खोजी कार्य जारी छ ।
घटनास्थलमा हेलिकप्टर पठाएर थप खोजी कार्य जारी रहेको बैंकले जनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्