नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शाखा पनि बाढीले बगायो, करोडौँको क्षति !

काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शाखा पनि बाढीले बगाएको छ। भदौ १० गते बुधबार विहान आएको बाढीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको टिमुरे शाखा बगाएको हो।

अचानक आएको बाढीका कारण टिमुरे क्षेत्रमा जनजीवन प्रभावित भएको छ। बाढीको तीव्र बहावले बैंकको शाखा भवनमा क्षति पुर्‍याउँदै संरचना नै बगाएको पाइएको हो। घटनापछि बैंकको नियमित सेवा सञ्चालनमा समेत असर परेको छ। रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन भएको खुलासा भएको छ।

बैंकका शाखा बगेपछि त्यहाँ रहेको नगद, अन्य डकुमेन्ट, लगायतका सामानहरु पनि बाढीले बगाएको छ । बाढीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको टिमुरे शाखा कार्यालय बगाएपछि शाखामा रहेका नगद, महत्वपूर्ण कागजात तथा अन्य सामग्रीसमेत बाढीले बगाएको खुलेको छ।

बैंकको शाखा कार्यालयमा रहेका केही कागजात र रकमसमेत बाढीमा बगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बाढीका कारण बैंकको भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ।

घटनाबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको जनाइएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्