prabhu

राष्ट्रिय वाणिज्य बैंकद्वारा एकैपटक देशका ६ स्थानमा शाखा विस्तार, ७३औं एक्स्टेन्सन काउन्टर समेत सञ्चालनमा

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा एकैपटक शाखा विस्तार गरेको छ । बैंकले आइतबारबाट देशका ६ स्थानमा आफ्ना नयाँ शाखा कार्यालयहरू विस्तार गरी कारोबार सुरु गरेको हो ।

बैंकले सुनसरीको हरिनगरा नगरपालिका २, भुटाहा स्थित शाखा कार्यालय भुटाहा, काठमाडौँ महानगरपालिका वडा २,  काठमाडौँ को लाजिम्पाट, काठमाडौँ महानगर  ४, सुकेधारा स्थित शाखा कार्यालय सुकेधारा, पोखरा महानगर १, हरिचोक स्थित शाखा कार्यालय हरिचो, रूपन्देहीको तिलोत्तमा नगरपालिका ५, मणिग्राम स्थित शाखा कार्यालय मणिग्राम, बर्दियाको बढैयाताल गाँउपालिका ६, मैनापोखर स्थित शाखा कार्यालय मैनापोखर शाखा कार्यालयहरू विस्तार गरी आइतबारबाट कारोबार शुभारम्भ गरेको छ ।

साथै, बैंकले आइतबार नै स्याङ्जाको चापाकोट नगरपालिका वडा न. १० स्थित इसान बहुप्राविधिक शिक्षालयमा ७३औं एक्स्टेन्सन काउन्टर समेत सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखा विस्तार गरेसँगै अब उक्त बैंकका शाखा कार्यालयहरूको सङ्ख्या २९४ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन उन्टर रहेका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै