PRABHU BANK

सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटीपार्लरमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र काठमाडौंको कमलादीस्थित हेयर एन्ड शान्ति ब्युटीपार्लरबीच छुट सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई हेयर एन्ड शान्ति ब्युटीपार्लरकाे विभिन्न सेवामा १० प्रतिशत छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार बैंकका ग्राहकले हेयर एन्ड शान्ति ब्युटीपार्लरका सबै शाखामा बैंक कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।

उक्त सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटलमा जान पनि प्रेरित गर्ने बैंककाे विश्वास छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै