PRABHU BANK

सिटिजन्स बैंकको १९४औं शाखा स्याङ्जाको वालिङमा सञ्चालन

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १९४औं शाखा संचालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेश, स्याङ्जाको वालिङमा आफ्नो १९४औं शाखा संचालनमा ल्याएको हो ।

वालिङमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरेका हुन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधा पुर्याउने क्रममा स्याङ्जा जिल्लामा पहिलोपटक सेवाको सुरुवात गरेको र बैंकले स्याङ्जा बासीहरुबाट भरपुर साथ र सहयोग पाउने आशा राखेको र बैंकले पनि सेवामा कुनै कमि हुन नदिने बताएका छन् ।

नयाँ शाखा संचालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष निशुुल्क प्राप्त गर्न सकिने बैंकले जनाएकाे छ ।

डि म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहनुका साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो बर्ष लकर शुुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको जनाइएकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै