PRABHU BANK

सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटिपार्लरका १३ शाखामा विशेष छुट

काठमाडौँ । सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटिपार्लरमा छुट हुने भएको छ । बैंक र उक्त ब्युटिपार्लरबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकहरूलाई ब्युटिपार्लर विशेष छुट हुने भएको हो ।

बैंकका अनुसार देशभर रहेका हेयर एन्ड ब्युटिपार्लरका १३ शाखामा बैंकका ग्राहकले छुट पाउन सक्नेछन् ।

सो छुट प्राप्त गर्न बैंकका ग्राहकले कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्नुपर्नेछ । त्यसैगरी भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

उक्त सम्झौताले ग्राहकलाई सुविधा सँगसँगै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै