PRABHU BANK

सानिमा बैंकले शैक्षिक छात्रवृत्तिका लागि आवेदन खुलायो…(सूचनासहित)

काठमाडौँ । सानिमा बैंकले छात्रवृत्तिका लागि आवेदन खुलाएको छ । बैंकले उच्च माध्यमिक तह (प्लस टू) अध्ययन गर्नका लागि काठमाडौँ उपत्यका बाहिरका सबै शाखाहरूबाट छात्रवृत्ति आवेदन खुलाएको  हो ।

बैंकले काठमाडौँ बाहिरका प्रत्येक शाखाहरूबाट कक्षा ११ तथा १२ का लागि २-२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै, इच्छुक विद्यार्थीहरुले साउन २६ गतेभित्र आवेदा दिन सक्नेछन् । यो छात्रवृत्ति बैंकले स्थायी बसोबास भएका गरीब तथा विपन्न वर्गका विद्यार्थीलाई उच्च माध्यमिक तह अध्ययनका लागि दिँदै आएको छ।

छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारीका लागि सानिमा बैंकको वेबसाइट https://www.sanimabank.com/know-us/offices मा हेर्न सकिनेछ । यस्तो छ सूचना:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै