PRABHU BANK

‘लोन लि खा नतिर् भन्ने प्रवृत्तिका कारण बैंकिङ क्षेत्रमा समस्या आयो’: गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘लोन लि खा नतिर्’ भन्ने प्रवृत्तिका कारण बैंकिङ क्षेत्रमा समस्या आएको बताएका छन् । उनले आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति तर्जुमाको सिलसिलामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘बैंकिङ क्षेत्रमा लोन लिने पीडित वा लोन लि, नतिर् भन्ने खाले पिडितको असर पनि सँगसँगै छ, ऋण तिर्नुपर्दैन भन्ने समुदाय पनि देखिए । त्यसले पनि हिजो बैंक हिचकिचाएको देख्छौं ।’

गभर्नर अधिकारीले कर्जा लिएर नतिर्ने प्रवृत्ति बढेसँगै बैंकहरुलाई अहिले एक किसिमको दबाब रहेको जानकारी दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै