PRABHU BANK

विश्व बैंकको आईडीए बैठक काठमाडौँमा सम्पन्न

काठमाडौँ । विश्व बैंक अन्तर्गतको काठमाडौँमा जारी अन्तराष्ट्रिय विकास संघ (आईडीए- २१) बैठक  काठमाडौँमा सम्पन्न भएको छ । मंगलबारदेखि सुरु भएको आईडीए बैठकको अर्थमन्त्री वर्षमान पुनले शुक्रबार साँझ समापन गरेका हुन् ।

राजधानीको होटेल सोल्टीमा चार दिनसम्म चलेको बैठकमा मन्त्री पुनले विश्वव्यापी विकास चुनौतीहरू सम्बोधन गर्न समर्पित विकास साझेदार, ऋणी र व्यवस्थापकहरू सहभागी विशिष्ट बैठक आयोजना गर्न पाउनु नेपालका लागि ठूलो अवसर भएको बताएका छन् । दशकौँदेखि गरिबी हटाउन र दिगो विकास हासिल गर्न प्रयासरत आईडीए मुलुकहरूका लागि बैठक उपलब्धीमूलक भएको बताएका छन् ।

आईडीए मुलुकहरूलाई कमजोर आर्थिक विकास र गरिबीको अवस्थाबाट मुक्त गर्न बैठकले निकालेका निष्कर्ष प्रभावकारी हुने अर्थमन्त्री पुनको विश्वास छ ।

यो कार्यक्रमले पर्यटन र गरिबी निवारणमा ठुलो सहयोग पुग्ने विश्वास लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै