PRABHU BANK

ग्लोबल आइएमई बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई हस्पिटलमा ३० प्रतिशतसम्म छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई आरुष लाइफस्टाइल हस्पिटलमा छुट हुने भएको छ । बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई आरुष हस्पिटलमा ३० प्रतिशतसम्म छुट हुने भएको हो ।

बैंकका ग्राहकहरूले हस्पिटलको कुपण्डोल हाईट, ठिमी चारदोबाटो (शंखधर चोक), टुसाल बौद्धनाथ मार्ग, न्युरोड पोखरा, बरगाछी विराटनगरस्थित शाखा कार्यालयहरूबाट पनि उपलब्ध हुने सेवाहरूमा उल्लेखित छुट पाउने छन् ।

ग्लोबल आइएमई बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै विभिन्न हस्पिटल तथा सम्बन्धित सङ्घसंस्थाहरूसँग समन्वय गरी यस्ता किसिमका योजनाहरू ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरूपमा लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै