PRABHU BANK

मर्जरमा जाने प्रस्ताव सहित एक्सेल डेभलपमेन्ट बैंकले बोलायो वार्षिक साधारण सभा

काठमाडौँ । एक्सेल डिभलपमेन्ट बैंकले साधारण सभा आव्हान गरेको छ । बैंकको असार ६ गते बसेको सञ्चालक समितिको ३०७औं बैठकले असार २९ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभाले आर्थीक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गर्ने कार्यसूची रहेको छ ।

कम्पनीले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर तथा प्राप्ति सम्बन्धी सबै कामको अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव साधारण सभामा पेस गर्नेछ ।  साथै, कम्पनीले साधारण सभा प्रयोजनका लागि असार १७ गते बुक क्लोजको मिति तोकेको छ ।

साधारण सभामा असार १६ गतेसम्म कायम सेयर धनीले मात्रै सभामा भाग लिन पाउने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै