DISH HOME

एक्सेल डेभलपमेन्ट बैंक ‘नेपाल पे कार्ड’ र एनपीएस-एनसीएस प्रणालीमा आबद्ध

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को एनपीएस-एनसीएस प्रणाली तथा नेपालकै आफ्नै डोमेस्टिक कार्ड स्किम ‘नेपाल पे कार्ड’ मा आबद्ध भएको छ। साथै, बैंकले नेपाल पे क्यूआरमार्फत अन्तरदेशीय भुक्तानी सेवा पनि प्रदान गर्ने तयारी गरेको छ।

यस सम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेल र एनसीएचएलका सीईओ निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

एनसीएचएलले हालै एनपीएस-एनसीएस पूर्वाधार तयार भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थालाई आफ्नै कार्ड स्किम ‘नेपाल पे’ इस्यु र अक्वायर गर्न प्रोत्साहित गरिरहेको छ। यसैक्रममा एक्सेल बैंकले पनि प्रणालीमा सहभागिता जनाएको हो।

नेपाल पे कार्डको कमर्सियल सञ्चालनपछि एक्सेल डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई नेपाल पे कार्ड इस्यु तथा प्रयोग गर्न दिनेछ। एनपीएस-एनसीएस प्रणालीले विभिन्न कार्ड स्विचबीच अन्तरआबद्धता स्थापित गर्दै डोमेस्टिक कार्ड कारोबारको राउटिङ तथा सेटलमेन्टलाई केन्द्रीय कार्ड स्विचमार्फत सहज बनाउने लक्ष्य राखिएको छ।

यस प्रणालीको पूर्ण कार्यान्वयनबाट डोमेस्टिक कार्ड कारोबारको लागत घट्ने, डाटा लोकलाइजेसन सुनिश्चित हुने र डिजिटल भुक्तानी प्रणालीमा नवीनतम प्रविधिको विकास तथा विस्तार हुने अपेक्षा गरिएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै