DISH HOME

छिमेक लघुवित्तको साढे ९ करोड र प्रभु बैंकको झण्डै १० लाख रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाका केही संस्थापक सेयरधनीहरूले करिब ९ करोड ५३ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेका छन्। बिक्रीमा राखिएको कुल २ लाख ४४ हजार ४८० कित्ता संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० रुपैयाँ तोकिएको छ।

उक्त सेयर खरिद गर्न चाहने लगानीकर्ताले ३९० रुपैयाँ वा सोभन्दा बढी मूल्य तोकी बोलपत्र पेश गर्नुपर्नेछ। साथै, कम्तीमा ५० हजार कित्ताको सेयरका लागि आवेदन दिनुपर्नेछ।

त्यसैगरी, प्रभु बैंकका केही संस्थापक सेयरधनीहरूले ९ हजार ८८२ कित्ता सेयर बिक्रीमा राखेका छन्। प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकिएकाले कुल ९ लाख ८८ हजार २ सय रुपैयाँ बराबरको सेयर बिक्रीमा आएको हो। इच्छुक लगानीकर्ताले कम्तिमा १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ।

दुबै संस्थाको सेयर बिक्री प्रक्रिया मुक्तिनाथ क्यापिटलले व्यवस्थापन गरेको छ। खरिदमा इच्छुकले असार १० गतेभित्र आवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै