PRABHU BANK

विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त

काठमाडौँ । विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त भएका छन् । काठमाडौँस्थित विश्व बैंकको राष्ट्रिय निर्देशकमा डेभिड सिस्लेन नियुक्त भएका हुन् ।

उनले काठमाडौँस्थित विश्व बैंकको उपक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलङ्काको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन् ।

डेभिडसँग विश्व बैंकमा रहेर युरोप, ल्याटिन अमेरिका, अफ्रिका, पूर्वी एसिया र एसिया प्रशान्त क्षेत्रमा पूर्वाधार, शहरी विकास तथा प्रकोप जोखिम व्यवस्थापनसम्बन्धी प्रबन्धक भएर काम गरेको अनुभव छ ।

विश्व बैंकले हाल नेपालमा २० सञ्चालनमा रहेका र ३ पाइप लाइनका गरी २३ परियोजनामा लगानी गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै