PRABHU BANK

एकैदिन ६ अर्बले बढ्यो वाणिज्य बैंकहरूको निक्षेप संकलन

काठमाडौँ । वाणिज्य बैंकहरूको निक्षेप संकलन बढेको छ । बैंकहरूको निक्षेप संकलन एकैदिन ६ अर्ब रुपैयाँले बढेको हो ।

वाणिज्य बैंकहरूको निक्षेप संकलन ६ अर्बले बढेर ५५ खर्ब २५ अर्ब रुपैयाँ रहेको छ ।

त्यस्तै, अन्य वित्तीय संस्थाको निक्षेप संकलन पनि १ अर्ब रुपैयाँले बढेको छ । जेठ ३१ गतेसम्म अन्य वित्तीय संस्थाको निक्षेप संकलन ७ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ ।

निक्षेप संकलनसँगै बैंकिङ प्रणालीको कर्जा प्रवाह पनि बढेको छ । गत जेठ ३० गतेसम्म ५१ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा जेठ ३१ गतेसम्म भने ५१ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ ।

यो अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह पनि १ अर्ब रुपैयाँले बढ्दै ४५ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै