PRABHU BANK

समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्राइम कमर्सियल बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । प्राइम कमर्सियल बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार बैंकको बर्दघाट शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बर्दघाट नगरपालिका- ४  को नवजीवन मा.वि.मा वित्तीय साक्षरता कार्यक्रम गरेको बैंकले जनाएको छ ।

बैंकको बर्दघाट शाखा टिम र प्रधानाध्यापक कमल प्रसाद अर्यालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा प्राइम कमर्सियल बैंक, बर्दघाट शाखाका प्रमुख टुल्का प्रसाद काफ्ले, सम्बन्ध अधिकृत धुर्व प्रसाद ढकाल र सञ्चालन विभाग प्रमुख रविन थापा पनि सहभागी रहेका थिए ।

यस वित्तीय साक्षरता कार्यक्रमले लक्षित वर्गको वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्ने तथा आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने बैंकको विश्वास छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै