DISH HOME

ग्लोबल आइएमई बैंकले ल्यायो ‘डिजिटल युनिभर्स’, अधिकांश बैंकिङ सेवाहरू अनलाइनबाटै प्रदान गरिने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘डिजिटल युनिभर्स’ ल्याएको छ । बैंकले अधिकांश बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको हो ।

सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आवस्यकतालाई नियाल्दै बैंकले दुई दर्जनभन्दा बढी देवाहरुलाई बैंकको वेबसाइटबाटै प्रदान गर्ने सुविधा ल्याएको छ ।

जसमा बैंकले क्यूआर कोड तथा पीओएस रजिस्ट्रेसन, इजी बाई इजी पे, इकम कार्ड आवेदन, मुद्दती निक्षेप खाताको आवेदन, नयाँ क्रेडिट कार्ड आवेदन, मोबाइल बैंकिङ एक्सेस, मोबाइल बैंकिङ ब्लक तथा अनब्लक, डेबिट कार्ड ब्लक तथा अनब्लक, नयाँ डेबिट कार्ड आवेदन, डेबिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (डेबिट कार्डको लागि) आवेदन, क्रेडिट कार्डको विवरणको लागि आवेदन, क्रेडिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (क्रेडिट कार्डको लागि) आवेदन, क्रेडिट कार्ड ब्लक तथा अनब्लक, डिम्याट, सिआस्बा, मेरो शेयर, टीएमएस खाता खोल्ने, मुद्दती खाता प्रिम्याचुयर आदि ग्राहकमैत्री सेवाहरु बैंकको वेवसाइटबाटै अनलाइन प्रदान गर्ने विज्ञप्तिमार्फत जानकारी गरिएको छ ।

ग्राहकहरुले यस बैंकको वेवसाइटमा ‘डिजिटल युनिभर्स’ मा गई सेवाहरु आफ्नो अनुकुलमा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । बैंकले केहि दिन अगाडिमात्र विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने गरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको थियो ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै